श्रम स्वीकृति लिएका नेपाली भारतीय विमानस्थल हुँदै विदेश जान पाउने


NOC-Embassy-of-Nepal,-New-Delhi-1731725039.jpg
काठमाडौं । नेपालमा श्रम स्वीकृति लिएका नेपाली भारतीय विमानस्थल हुँदै गन्तव्य मुलुकमा जान सक्ने भएका छन् ।

यसका लागि नो अब्जेक्सन सर्टिफिकेट ( एनओसी) चाहिने छैन ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान तथा बहराइन जाँदा एनओसी नचाहिने व्यवस्था गरिएको जनाएको हो । 

यस्तै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड जापानलगायतका देशमा स्थायी बसोबास भएका नेपालीलाई पनि यो सुविधा दिइएको दूतावासले जनाएको छ ।