ईकोनोमिक खबर, काठमाडौं।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनमा व्यवस्था गरे बमोजिम प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्।
१ नम्बर प्रदेशले ०७५/०७६का लागी करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको छ। गतवर्षकै हाराहारीमा ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक ल्याउने तयारीमा छ ।
२ नम्बर प्रदेशले करिब ४ अरब थप गरी लगभग ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेटको गृहकार्य गरेको छ। चालु आ.ब.मा २९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।
यस्तै ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। पहिलो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको थियो।
४ नम्बर (गण्डकी) प्रदेशले आगामी आ. ब.का लागी करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।
५ नम्बर प्रदेशले झन्डै २५ प्रतिशतले बजेट वृद्धिगरी करिब ३५ अर्बको ल्याउँदै छ।
६ नम्बर कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी करीब ३० देखि ३२ अर्ब रुपैयाँ हाराहारीको हुनेगरी बजेट आउने तयारीमा रहेको आर्थिक तथा योजना मन्त्रीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । गतबर्ष २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब ४ अर्ब रुपैयाँले बजेटको आकार वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ।