राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको वार्षिक समीक्षा आजदेखि


ललितपुर । कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी आजदेखि सुरु गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटारद्वारा आयोजित दुईदिने समीक्षा गोष्ठी साउन १८, १९ र २० गते सञ्चालन हुनेछ। गोष्ठीमा कार्यक्रमअन्तर्गत देशभर सञ्चालित जोन, सुपर जोन, ब्लक तथा पकेट कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिनेछ।

कार्यक्रममा प्रमुख अतिथि कृषि, बन तथा पर्याबरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले गाेष्ठिकाे समुदघाटन र कार्यक्रमकाे बिषयमा टिप्पणी गर्नुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमकाे प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, कार्यक्रम प्रमुख तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियोे।

यश समीक्षा गाेष्ठिमा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, यान्त्रिकीकरण, मूल्य शृङ्खला विकास, बजेट कार्यान्वयन, कार्यक्रमको प्रभावकारिता तथा आगामी वर्षका प्राथमिकतामाथि छलफल हुने कार्यक्रम रहेको छ।

कार्यक्रम व्यवस्थापन एकाइका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले अघिल्लो अाबका अनुसार समीक्षा गोष्ठीको उद्देश्य आर्थिक वर्षभरिका उपलब्धि र चुनौतीको मूल्याङ्कन गर्दै आगामी कार्यसम्पादनलाई अझ प्रभावकारी र नतिजामुखी बनाउनु रहेको बताएका छन।

देशभर सञ्चालित जोन, सुपर जोन, ब्लक तथा पकेट कार्यक्रमको अनुदान प्राप्त कृषि बस्तुबाट उत्पादनमूलक सामग्रीको प्रदर्शनि रहेको थियोे।