काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा
ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दैआफ्नो मोटरसाइकलको बल्क डेलिभरी
सुरुगरेको छ।
नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो
मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरुगरेको जनाएको छ। कम्पनीका अनुसार,
छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल
भएको छ।
ग्राहकहरूले मोर्बिडेलीको आकर्षक स्टाइल, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि
तथा आरामदायी राइडिङ अनुभवको खुलेर प्रशंसा गरिरहेका छन्। यही सकारात्मक प्रतिक्रियाले
नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास अझ मजबुत बन्दै गएको कम्पनीको विश्वास छ।
यसैबीच, मोर्बिडेली नेपाल ले आगामी NAIMA Auto Show 2026 मा बहुप्रतीक्षित Morbidelli T250X सार्वजनिक गर्ने तयारी गरिरहेको छ। एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित
गरी ल्याइने T250X ले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत
नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।
मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक
अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने
प्रतिबद्धता व्यक्त गरेको छ।