११ महिनामै बैंकहरूको ७२ अर्ब नाफा, नबिल शीर्षमा, विकास बैंकमा गहिरिँदै संकट


काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म वाणिज्य तथा विकास बैंकहरूको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूले ११ महिनामै ६४ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने विकास बैंकहरूको कुल नाफा ७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। तर नाफाको यो तस्वीरभित्र बैंकहरूबीचको असन्तुलन भने झन् स्पष्ट देखिएको छ।