
नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ।
कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी
भरतमणी पाण्डेले सो कुरा बताएका हुन्।
उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आम नागरिक खुसी हुने बताए । कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पु-याउने उनको भनाइ थियो।
सोही कारण भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिनको लागि आम नागरिक, निजी क्षेत्र, संगठित क्षेत्रमा कार्यरत सबैलाई उनले कोेषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरे।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यले एउटै प्रकृतिको ३ वटा कोष सञ्चालन गरेको हुँदा कसमा जाने भन्ने अवस्था आएको भन्दै त्यसलाई लगानी कोषले स्पष्ट बनाउनु पर्ने उनको धारणा थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरुले कोषले सञ्चालन गरिरहेका कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाका बारेमा प्रश्न राखेका थिए ।
त्यस्ता प्रश्नहरुको विशेष अतिथिको रूपमा कोषको का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठले सम्बोधन गर्दै कोषले सञ्चालन गरिरहेको कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाका बारेमा सो कुरा बताएका थिए ।