विदेशी ऋणको ढोका खोल्ने माग : लगानीको समाधान कि अर्थतन्त्रलाई नयाँ जोखिममा धकेल्ने प्रस्ताव?


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी मौद्रिक नीतिमा निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न दिएको सुझावले अर्थतन्त्रमा नयाँ बहस सुरु गरेको छ। महासंघले यसलाई उद्योग–व्यवसाय पुनर्जीवित गर्ने उपायका रूपमा प्रस्तुत गरे पनि अर्थविद्हरू भने यो मागले नेपालको बाह्य ऋण व्यवस्थापन, विदेशी मुद्रा सञ्चिति र वित्तीय स्थायित्वमा गम्भीर प्रश्न उठाउन सक्ने चेतावनी दिइरहेका छन्।