ईकोनोमिक खबर, काठमाडौं।
नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता शेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न निवेदन परेको छ। निवेदन दिने मध्ये जलविद्युत क्षेत्र कुलमध्ये ९० प्रतिशत , बाँकी माइक्रोफाईनान्स र बैंकको प्रतिशत रहेको छ।
जलविद्युत क्षेत्रको १ अर्ब ८० करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको आइपिओे रहेको छ। माइक्रोफाइनान्स समूहले १० करोड ६२ लाख ६० हजार रुपैयाँ बराबरको शेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएका छन्।
सिइडिबी हाइड्रो फन्ड लिमिटेडल२२ लाख ८९ हजार ३०० कित्ता, ग्रिनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता, लिबर्टी इनर्जी कम्पनीले ३७ लाख ५० हजार कित्ता, शुभम पावर लिमिटेड ५ लाख ८० हजार ५८० कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता, माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ लाख ३८ हजार ५४ कित्ता, शुभश्री हाइड्रो पावर लिमिटेडले ३३ लाख ६१ हजार १४० कित्ता, आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता, गर्जङ उपत्यका हाइड्रो पावरले २ लाख कित्ता, लुङहिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता, त्यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार ६०० कित्ता र सबैको लघुवित्त वित्तीय संस्थाले ५ लाख ३० हजार कित्ता शेयर जारी गर्ने अनुमतिका लागि बोर्डमा निवेदन दिएको जानकारी प्रवत्ताले बताएका छन।
त्यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँको ४ लाख कित्ता, गर्जङ उपत्यका हाइड्रो पावरले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता, लुङहिङ बुद्ध पावर नेपालले ९ करोड ७८ रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता साधारण सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएका छन्।
नेपाल धितोपत्र बोर्डका अनुसार ती सबै निवेदनको प्रक्रिया पूरा भएपछि आइपिओ जारी गर्न स्वीकृति दिइनेछ।