चाडपर्वको अवसरमा बजार अनुगमनलाई थप कडा


काठमाडौँ ।

चाडपर्वको अवसरमा बढ्ने उपभोक्ता ठगीका घटनाहरूलाई नियन्त्रण गर्न विभागले हाल बजार अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हित संरक्षण गर्न बजार अनुगमनलाई थप कडा बनाएको छ।

विभागले हालै मात्र विभिन्न ३७ व्यवसायहरूमा अनुगमन गरी अनियमितता फेला परेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

मंगलवार ललितपुरको जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्ट प्रा.लि.लाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ भने आकाश फुड्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। 

यी व्यवसायहरूले उपभोक्ता सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि विभागले कडा कारबाही गरेको हो।

चाडबाडको समयमा विशेषगरी खाद्य वस्तुहरूमा मिसावट, गुणस्तरहीन उत्पादन, मूल्यमा अनियमितता र म्याद नाघेका सामानहरू बिक्री गर्ने जस्ता गतिविधि बढ्न सक्ने भन्दै विभागले अनुगमन बढाएको हो ।