काठमाडौं- रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको केसीले जानकारी दिए।
‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ केसीले भने।
सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको उनले बताए।