नेपाल रेडक्रसमा नयाँ तदर्थ समितिको प्रवेश, डिजिटल रूपान्तरण र संगठन सुधारको जिम्मेवारीसहित पदभार ग्रहण


काठमाडौं। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मा नवगठित तदर्थ समितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्दै संस्थाको सुधार, पुनर्संरचना तथा डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।