औषधि व्यवसायीको भविष्यबारे व्यापक बहस, व्यवसायिक एकता सुदृढ गर्न आह्वान


काठमाडौं। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा सम्पन्न ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका वर्तमान अवस्था, चुनौती, प्रविधिको प्रयोग तथा भविष्यका सम्भावनाबारे व्यापक छलफल गरिएको छ।