काठमाण्डौं। यही असोज १० गते देखी देशका अघिकांश स्थानमा परेको अविरल वर्षका कारण बाढी पहिरो र ढुबानका घट्नाले संघलाई स्तब्ध बनाएको छ।
अविरल वर्षाका कारण सडक, पुल, सर्वाजनिक सम्पत्ती, व्यक्तिका निजी घर तथा आवासहरु, संघ, संस्था तथा विभिन्न कृषिबजार, कृषिफार्म, कृषि उत्पादन लगायतमा अरबौँ क्षती भएको छ।
यसै अविरल वर्षा पछि आएको बाढी पहिरोका घट्नामा परि ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
प्रतिकूल मौसमका कारण हताहती भएकाहरुको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजिक र सहकारी संघ संस्थाका प्रतिनिधिहरु लागयत उद्धार तथा राहतमा जुट्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौँ ।
साथै आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत अपिल गर्दछौँ ।
बाढी पहिरो र प्रकृतिक विपदका कारणबाट भएको क्षती संकलन भइरहेको सन्दर्भमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कती क्षती पुगेको छ त्यसको विवरण सम्वन्धित संघ, संस्था र संस्थाका अध्यक्ष, प्रवन्धकहरुले केन्द्रीय संघमा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौँ ।
विपदमा परेका सम्पूर्ण महानुभावहरुलाई सरकारको तर्फबाट भएको साथ सहयोगका साथैसहकारी अभियानले पनि साथ साहयोग गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै सम्पूर्ण संस्थाहरुलाई आवश्यक राहततथापुर्नस्थापनाको लागि जुट्न हार्दिक अनुरोध गर्दछौँ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ.लि.ले अहिले क्षतीको विवरण संकलन गरिरहेको यहाँहरुलाई अवगत गराउँदछौँ ।