नैरोबी, केन्या। नेपाल र केन्याका किसान संगठनबीच अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय सुरु भएको छ। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (संघ) र केन्या नेशनल फार्मर्स फेडेरेशन (KENAFF) बीच किसान संगठनको क्षमता अभिवृद्धि, कृषि सहकारीको सुदृढीकरण तथा दिगो कृषि विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रणनीतिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।