राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको पदबहाली


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुन भएका विशाल श्रेष्ठले पद बहाली गर्नु भएको छ । नेपाल सरकारले उहाँलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो । पद बहाली गर्नु हुदै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा खेलकुदको विकासमा योगदान दिने विश्वास ब्यक्त गर्नु भयो ।

परिषदमा उपाध्यक्ष सहित नवनियुक्त सदस्यहरु मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गर्नु हुदै परिषद्का सदस्य सचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाका बारेमा जानकारी दिनु भएको छ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यनजनकार तथा परिषदका विभागीय र शाखा प्रमुखहरुको उपस्थिति थियो ।