ईकोनोमिक खबर, काठमाण्डौं।
आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३.५० अंकले घटेर १,२७२.४८ अंकमा कायम भएको छ । ट्रेडिङ, होटल र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६१ अंकले घटेको छ ।
त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक पनि सामान्य अंकले घटेको छ । सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर २७२.३५ बिन्दुमा आएर बन्द भएको छ ।
शिवमको शेयर मूल्य ६६२ मा खुलेकोमा दिन भरमा ६७० को उच्च मूल्य सम्म पुगेको थियो। आज शिवमको शेयर मूल्य न्युनतम ६५६ रुपैया सम्म पुगेकोमा बजार बन्द हुँदा ६६५ प्रति कित्ता बन्द भएको थियो। आज शिवम सिमेन्टको दिन भरमा ४ करोड २५ लाख बराबरको शेयर किनबेच भएको थियो। त्यसैगरी, प्रभु बैंकको २ करोड १३ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक, एनआईसी एशिया बैंक, मेगा बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड माथिको कारोबार भएको छ ।
१७४ वटा कम्पनीको १८ लाख ७१ हजार ८ सय ९ कित्ता शेयर ६ हजार ७ सय ९२ पटक खरिद बिक्री हुँदा ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक प्रोमोटर शेयरको ७ करोडमाथिको कारोबार भएको छ ।