आज प्रतिनिधिसभा बैठक बस्दै, दुईवटा विधेयक प्रस्तुत हुने कार्यसूचि


काठमाडौं । आज बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत हुने कार्यसूचि रहेको छ ।

mulpatra

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले पेश गर्ने तय भएको विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ रहेको छ ।

यसअघि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि केन्द्रित रहेर सदनमा सञ्चालन भएको सघन छलफल मङ्गलबार सकिएको छ।

सांसदहरुले उठाएका नीतिगत प्रश्न, सुझाव र जिज्ञासाहरूको मङ्गलबारकै बैठकमा अर्थमन्त्री डा. वाग्लेले स्पष्टीकरणसहित जवाफ दिएका थिए ।