पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरे आन्दोलन


काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् । 

“समिति गठन हुने सहमति भएको छ । अब उहाँहरू डिपोमा पेट्रोलियम पदार्थ लिन जानुहुन्छ,” उनले भने, “आज बजारमा देखिएको पेट्रोलको अभाव एक घण्टाभित्र समाधान हुन्छ ।” 

यस्तै चालक संघका अध्यक्ष ईश्वर लामाले निजी ट्यांकर चालक र सरकारी ट्यांकर चालकबीच रहेको पारिश्रमिक अन्तर समाधान हुनुपर्ने बताए । पेट्रोल पम्पमा काम गर्ने कर्मचारी जोखिममा हुने र उनीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अन्यथा १५ दिनभित्र समाधान नभए देशभर ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।