वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल


काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ ।

शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु डब्लु एफबीच वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका क्षेत्रमा सहकार्य र साझेदारीलाई थप सुदृढकाठमाडौं  गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ । वन तथा वन्यजन्तु संरक्षण, नीति निर्माण तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलगायतका क्षेत्रमा प्राविधिक तथा संस्थागत सहयोग विस्तारबारे समेत छलफल भएको छ। डब्लु डब्लु एफको सहयोगमा जलवायु वित्त परियोजना, जलाधार लचिलोपन व्यवस्थापन गायत विषयमा समेत छलफल भएको छ।

सरकार र डब्लु डब्लु एफको सहकार्यमा जलवायु परिवर्तन न्यूनीकरण, दिगो कृषि प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वन्यजन्तु व्यवस्थापनमा लगायत काम भैरहेका छन् ।