प्रवलजंग पाण्डे उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्वाचित


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा जित हासिल गरेका हुन् ।

निर्वाचनमा पाण्डेले कुल १ हजार ७९ मत प्राप्त गरेका छन् भने उनकी प्रतिस्पर्धी श्रेष्ठले ७५० मत ल्याएकी छन् ।

पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । साथै उनी सिटिजन्स बैंकका अध्यक्षको रूपमा समेत कार्यरत छन् ।

उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय पाण्डे निजी क्षेत्रका विभिन्न कम्पनी तथा संस्थागत भूमिकामा संलग्न रहँदै आएका छन् ।