मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा नाडा र ईमानको संयुक्त पहलमा अन्तरक्रिया


काठमाण्डौं। आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एशोसिएशन नेपाल ईमानको संयुत्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा इमानकका अध्यक्ष डिल्ली प्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य दिनु भएको थियो । मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रीत रहेर नाडाका अध्यक्ष करण चाौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताउनु भयो ।

नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले "अहिले मौद्रिकनीतिले सवैक्षेत्रलाई समेटने बताउनु भयो, यसले सुस्ताएको अटोमोवाइल व्यवसाय पुनः फष्टाउने आशा राखेको छु", भन्नुभयो ।

त्यसैगरी सो अन्तरक्रिया बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकाले उक्तविषयका सम्बन्धमा आ-आफनो धारणा राख्नु भएको थियो ।

नाडा अटो शो 2024को अन्तिम दिनमा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।