हवाई इन्धन र ग्याँसको बढ्यो भाउ र पेट्रोल र डिजेलको घट्यो


काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने हवाई इन्धन र ग्याँसको मूल्य बढाएकाे छ ।

पेट्रोल दुई रुपैयाँले घट्यो र डिजेल तथा मट्टीतेल समान बाह्र रुपैयाँ प्रतिलिटरले घटाएको छ । यसैगरी खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर एक सय पचास रुपैयाँका दरले बढाएको छ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल दुई सय १७ र डिजेल तथा मट्टीतेल समान २ सय २५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर सात रुपैयाँले बढाएर २६९ रुपैयाँ कायम गरिएको छ । बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ४६ डलर बढाएर एक हजार ८३१ डलर कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्याँसको प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँबाट बढेर दुई हजार १६० रुपैयाँ पुगेको छ ।