सानिमा बैंक र फिनटारा सोलुसन्सबीच सहकार्य, शुन्य प्रतिशतब्याजदरमा EMI सुविधा सुरु


काठमाडौं। सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा EMI (Equated Monthly Installment) सुविधा सुरु गरेको छ।

यस सहकार्यअन्तर्गत, सानिमा बैंकका ग्राहकहरूले फिनटारासँग आबद्ध विभिन्न मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२ महिनासम्म ० प्रतिशत ब्याजदरमा EMI सुविधा लिन सक्नेछन्।

यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरणलगायतका सामान खरिद गर्दा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार, यस पहलले उच्च मूल्यका सामग्रीहरूलाई थप सहज र पहुँचयोग्य बनाउँदै ग्राहकहरूलाई बिना ब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ।

सानिमा बैंकले यसअघि पनि आफ्ना ग्राहकहरूका लागि विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै डिजिटल भुक्तानीको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको छ। छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध रहेको छ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।