नेशनल लाइफको ३६औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ।

कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित भएको छ।

साथै आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावद्धारा पारित गरेको छ ।