अवैध पङ्गास माछा नियन्त्रणमा कडाइ: ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन


काठमाडौं । पशु सेवा विभाग ले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गाससहितका माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मन्त्रालयस्तरीय निर्देशनअनुसार बजार अनुगमन र सीमा निगरानी तीव्र पार्न पहल गरिएको हो।