काठमाडौं। बुधबार नेप्से परिसूचक ४५.१२ अंकले वृद्धि हुँदै २८०२.५२ विन्दुमा पुगेको छ। आज कुल १ करोड ८८ लाख १६ हजार कित्ता सेयर ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्।
आज बजारमा २५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटा कम्पनीको मूल्य घटेको र २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आज एसवाई प्यानल सबैभन्दा बढी सक्रिय रह्यो, जसको कारोबार ४६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड १६ लाख, शिवम् सिमेन्टको ३७ करोड २० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड ७० लाख र नेशनल हाइड्रोपावरको ३० करोड २५ लाख रुपैयाँ कारोबार भएको छ।