काठमाडौं, नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो ।
आजका लागि सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ ।