काठमाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार सुधार देखिएको बजारमा आज बुधवार फेरि गिरावट आएको हो । बुधबार बजार ठुलो अकंले घट्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको देखिएको छ ।
अघिल्लो दिन १९.७० अंकले बढेको बजार आज ७४.२३ अंकले घटेर २७७६.३६ को विन्दुमा कायम भएको छ। आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो।
सेयर बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । यसदिन वाणिज्य बैंक समूहको २.३१ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
साथै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.८४ प्रतिशतले घटेको छ । त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.२८ प्रतिशत, नेशनल हाइड्रोपाव्को ७.१७ प्रतिशतसेयर मूल्य घटेको छ।