सानिमा बैंकलाई ‘CARE-NP A- (Is)’ रेटिङ


काठमाडौं । सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्स नेपालबाट [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ।

बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यो मूल्याङ्कनले संस्थाको विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यो रेटिङले सानिमा बैंकको वित्तीय अवस्था, सञ्चालन क्षमता र संस्थागत सुदृढतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरेको छ।

सानिमा बैंकले देशभर आफ्नो सेवा विस्तार गर्दै आएको छ। हाल बैंकका १३४ वटा शाखा कार्यालय१२८ वटा एटीएम सञ्चालनमा रहेका छन्। बैंकले ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

बैंकले आगामी दिनमा पनि विश्वसनीय, पारदर्शी र जिम्मेवार बैंकिङ सेवामार्फत ग्राहक तथा सरोकारवालाको विश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।