आयल निगमका कार्यकारी निर्देशक अम्बिका प्रसाद भट्टले कलंकी स्थित डिभाइडरमा ठोक्काए सरकारी प्राडाे गाडी


कलंकी। आज शनिबारको दिन आयल निगमका कार्यकारी निर्देशक अम्बिका प्रसाद भट्टले कलंकी स्थित डिभाइडरमा ठोक्काए सरकारी प्राडाे गाडी¡

ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिब बस्नेतका अनुसार कार डिभाइडरमा ठोक्किएपछि स्थानीयले भट्टलाई घेराउ गरेका थिए । घटनास्थल पुगेको ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको भट्ट आफैले चलाएको बी एए ७६५४ नम्बरको टोयोटा कार शनिबार दिउँसो २ बजे कलंकी चोकको डिभाइडरमा ठोक्काएका थिए ।

कारमा सामान्य क्षति भएको बताइएको छ ।

स्थानीयबासिन्दाका अनुसार कार द्रुत गतिमा आएर डिभाइडरमा ठोक्किएको थियो । लेन मिचेर भट्ट भाग्न खोज्दा स्थानीयले घेरेर राखेका थिए ।

कलंकीस्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिब बस्नेतका अनुसार कार डिभाइडरमा ठोक्किएपछि स्थानीयले भट्टलाई घेराउ गरेका थिए।

घटनास्थल पुगेको ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।