Mar 4, 2025

भोलि र पर्सी ठूलो पानी पर्ने, ३४ जिल्लालाई रेड अलर्ट मै


हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८१-०४-२२ गते देखि मिति २०८१-०४-२३ गते सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि रेड अलर्ट गरिएको छ।  

district-raining-1722914225.JPG
 

भोलि र पर्सी ठूलो पानी पर्ने भएको छ । मौमस विभागले ३४ जिल्लालाई त रेड अलर्ट मै राखेको छ । २२ गतेदेखि २३ गतेसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।mausam-1722914193.JPG