सुजन जर्मनी प्रस्थान


काठमाडौं। ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन् ।
वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएपनि उनको खेल मार्च १५ तारिखमा रहेको छ । उनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसन फम विथ वेपन स्पर्धामा चुनौती प्रस्तुत गर्ने छन् ।
सातौं राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता सुजनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता  हुनेछ । प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहने नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
सुजनलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जन, सचिव कृष्णकुमार मगर र सदस्य गुना गुरुङ, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।