काठमाडौँ, Kuzu Nepal Pvt. Ltd. मार्फत नेपालमा Yadea का आधिकारिक वितरकले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ सार्वजनिक गरेका छन्। चैत ४ गतेदेखि चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत इलेक्ट्रिक सवारीको प्रयोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सीमित अवधिको यस योजनाले आकर्षक अफरहरूमार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। अभियानअन्तर्गत ग्राहकहरूले विशेषगरी Yadea का लोकप्रिय मोडेलहरूमा एक्सचेन्ज गर्दा उल्लेख्य लाभ पाउनेछन्।
यस अफरमा Yadea Owin र Yadea E8S Pro मा एनपीआर १५,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ। साथै, न्यूनतम मासिक किस्ताबाट सुरु हुने EMI सुविधाले ग्राहकहरूलाई परम्परागत इन्धन सवारीबाट इलेक्ट्रिक सवारीतर्फ सहज रूपमा रूपान्तरण गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

उक्त ‘मेगा एक्सचेन्ज कार्निभल’ देशभर रहेका याडियाका शो–रुमहरूमा सञ्चालन भइरहेको छ। कम्पनीले ग्राहकहरूलाई आफ्ना नजिकका शोरुममा पुगेर अफरको लाभ लिन आग्रह गरेको छ।
याडियाले विश्व बजारमा पछिल्ला केही वर्षदेखि बिक्रीका आधारमा अग्रस्थान कायम गर्दै आएको दाबी गर्दै आएको छ। नेपालमा पनि इलेक्ट्रिक सवारी क्षेत्रको विस्तारसँगै ब्रान्डले आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको कम्पनीको भनाइ छ
कम्पनीका प्रतिनिधिहरूका अनुसार बढ्दो इन्धन मूल्य र वातावरणीय चेतनाका कारण इलेक्ट्रिक सवारीप्रति आकर्षण बढिरहेका बेला यस्तो अभियानले ग्राहकलाई थप किफायती र आधुनिक विकल्पतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, कम्पनीले यो अफर सीमित अवधिका लागि मात्र लागू हुने र निश्चित सर्त तथा नियमहरू लागू हुने स्पष्ट पारेको छ।