भन्सार तिरेर २५ तोलासम्म सुनका गहना ल्याउन पाउँने नयाँ ब्यवस्था


ईकोनोमिक खबर, काठमाडौं।
विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा ल्याउन पाउने काँचो सुन तथा सुनको गहनाको सिमा बढेको छ। निजि गुण्टा, झिटि सम्बन्धि नियममा संसोधन मार्फत सरकारले भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र १० तोला काँचो सुन ल्याउन पाइने व्यवस्था गरेको सरकारका प्रवत्ताले जानकारी गराए।

आ.ब. २०७६/२०७७ बाट २५० ग्राम सम्मका सुनका गहना ल्याउन पाइने भएकोछ। ५० ग्रामसम्म सुनका गहना ल्याउदा कुनै शुल्क लाग्ने छैनभने थप १०० ग्राम ल्याउदा प्रति दश ग्रामको ७ हजार २ सय रुपैयाँ लाग्छ। बाँकी १०० ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ। तर तोकिएको २५० ग्रामभन्दा बढी ल्याएमा बढी भएको परिमाण जफत हुने ब्यवस्था परिमार्जित भन्सार ऐन २०७६मा ब्यवस्था गरीएको जानकारी गराए।

सय ग्राम करिब १० तोला सम्म काँचो सुन ल्याउन पाइने भएको छ। पचास ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ भन्सार लाग्ने छ भने बाँकी पचास ग्रामको प्रती १० ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्नेछ।

विदेशीले नेपालमा सुनका गहना भित्र्याउदा गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने भएको छ। तर यस्तो गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्र्याउन पाइनेछ। फिर्ता लैजादा धरौटी फिर्ता पाउनेछन।

यसअघि सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको हिरा, जवाहरात जडित साथमा ल्याएको गहनामा भन्सार छुट थियो।