सादर निमन्त्रणा
ॐ ्र्र श्री परमात्मने नमः ॥
।। न भूतो न भविष्यति ।।
नि भूतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा हुन सक्ला या नसक्ला।
एक युगमा एक पटक।।
॥इतिहासमै पहिलो पटक ।।
मामाघर अनाथालय आश्रम, ललितपुर र
छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुर
सहयोगार्थ आयोजित ऐतिहासिक श्री पशुपति कोटिहोम स्ंचालन प्रस्तुति हुनेछ।
अभिभावक विहीन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालवालिकाहरुलाई निःशुल्क रुपमा गास, बास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी, गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवनआदि निमार्ण सहयोगार्थ आयोजित ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ लाई भव्य र सभ्य रुपमा सम्पन्न लंका लागि हजरको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
ऐतिहासिक महायज्ञका कार्यक्रम विवरणहरू:
* मिति २०८१ असार महिनाको २२ गते शनिवार बिहान ११:00 बजेबाट बृहत् मोटरसाइकल र्याली गरी काठमाडौं चक्रपथ परिक्रमा गरिने ।
* मिति २०६१ असार महिनाको ३१ गते सोमबार विहान ७:०० बजे कार्यक्रम स्थलदेखि हजारौँ मातृशक्ति, वाजागाजाको साथमा सांस्कृतिक झाँकीहरु सहित भव्य विशाल कलश यात्रा गरी नगर परिक्रमा गरिने।
* मिति २०८१ श्रावण महिनाको १ गते मंगलवार दिउँसो ११:०० बजे ऐतिहासिक श्री पशुपति कोटिहोम एवं विराट् महायज्ञको समुद्घाटन गरिने।
* जगद्गुरु, साधु, सन्त, महन्त प्रसिद्ध कथावाचक, वाचिकाआदिबाट विशेष अलौकिक दिव्य प्रवचन नियमित हुने।
* श्रावण महिनाभरि सयौँ गुरुहरुद्वारा नियमित हवन तथा अनेकौँ कर्म गरिने ।
* देश विदेशवाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनेताहरुको आगमन हुने ।
* राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुबाट विभिन्न गीत, संगीत, भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुने ।
मिति २०८१ श्रावण ०१ गते देखि श्रावण ३२ गतेसम्म महायज्ञ स्थल (श्री पशुपतिक्षेत्र, वनकाली) हंस मण्डप, काठमाडौँ, नेपाल
सम्पर्क सूत्र : ०१-५२१८१२५
आयोजक:
१. श्री मानव सेवा फाउण्डेसन, नेपाल (काठमाडौँ),
२. श्री विजय कृष्णमूर्ति जी महाराज फाउण्डेसन, नेपाल (काठमाडौँ),
३. श्री मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल (ललितपुर),
४. श्री छोरीको घर जेष्ठ नागरिक आश्रम (भक्तपुर),
५. श्री हिन्दू सेना, नेपाल (काठमाडौँ)
६. श्री डोनेट फर नेपाल (काठमाडौँ)
७. श्री मामाघर परोपकार तथा सेवा आश्रम (ललितपुर)
८. श्री माईतीघर जेष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र, नेपाल (काठमाडौं)
९. श्री पञ्चकन्या धाम एवं गाईघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, नेपाल,
१०. स्वधर्म परिवार, नेपाल (काठमाडौँ)
११. हजरहरू र हामी सबै।
कथा प्रवक्ताजन:
शु-प्रसिद्ध कथा बालिका परम पूज्या राधिका दासी माताज्यु ।
अंतर्राष्ट्रीय कथा प्रवक्ता परम पूज्या देवी प्रतिभा जी।
वाचन प्रवीण पण्डित श्री दीनवन्धु पोखरेलज्यू।
श्री राम कथा वाचिका देवी चन्द्रकला राखीज्यू
श्रीमद देवी भागवत वाचिका विदुषी डा। कान्ता भट्टराईज्यू ।