बिप्लव छाडने, नेकपामा प्रबेशको लर्को, पोलिटव्यूरो सदस्य पदम राई सहित नेकपामा प्रवेश


ईकोनोमिक खबर, काठमाडौं।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईसहितका नेताहरु नेकपामा प्रवेश गर्ने भएको विशेष स्रोतले जानकारी गराए । राईसहितका नेता कार्यकर्तालाई आज आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउनुहुनेछ । आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अध्यक्ष ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेकपा पार्टीले जानकारी गराएको छ ।

भोजपुरको बोया घर भएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत बन्नुभएको थियो । गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो । तर, अदालतको आदेशमा रिहा हुनुभएको थियो ।

राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत रहनुभएको थियो ।