सुन र चाँदी दुवैको मूल्य घट्यो


काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर ५ प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ।