इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर


काठमाडौं, नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिश ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन् ।

क्याम्पेनको बारेमा
२०८२ फागुन ११ गतेदेखि फागुन १७ गतेसम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ ।

फागुन १८ गतेदेखि, इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन्, र प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

फागुन १८ गतेदेखि चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी स्कूटर समावेश छ ।

क्याम्पेन तीन चुनौतीयुक्त हप्तासहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा तथा २०८२ चैत १९ गते एक भव्य कार्यक्रमका साथ ग्राण्ड विजेता सार्वजनिक गरिनेछ ।

पुरस्कारहरूः
● टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणी ग्रान्ड प्राइज)–१ जनालाई,
● याडिया भेलाक्स ईभी स्कूटर (बाइक श्रेणी ग्रान्ड प्राइज)– २ जनालाई,
● सामसङका स्मार्टफोनहरूः १६ जनालाई,
● स्टेकेसन प्याकेजः ४,

साप्ताहिक पुरस्कार घोषणा (१६ ओटा सामसङ स्मार्टफोन र ४ स्टेकेसन प्याकेजहरू)

क्याम्पेनमा सहभागी हुने योग्यता
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ । कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिनेछ ।

चालकहरूलाई सशक्त बनाउँदै अभियानले आफ्नो डाइभर कम्युनिटीलाई मान्यता, पुरस्कार र विकासका अवसरहरू प्रदान गर्ने इनड्राइभको मिशनलाई जारी राखेको छ । यो उपहार चालक सन्तुष्टि र दीर्घकालीन संलग्नता बढाउने फराकिलो पहलको हिस्सा हो ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, “हाम्रा ड्राइभर पार्टनर्सहरू नै नेपालमा इनड्राइभको सफलताको साँचो आधारस्तम्भ हुनुहुन्छ । उहाँहरूको अटल समर्पण, उच्च व्यावसायिकता र सेवाप्रतिको इमानदार प्रतिबद्धताले ‘सबैका लागि निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलता’ भन्ने हाम्रो मूल उद्देश्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक यात्रा केवल एक स्थानबाट अर्को स्थानसम्मको दूरी पार गर्नु मात्र होइन, त्यो यात्राले विश्वास, सुरक्षा, आपसी सम्मान र इनड्राइभले अँगालेका मूल्यहरूको प्रतिनिधित्व गर्दछ । यो अभियान हाम्रा ड्राइभर–पार्टनर्सप्रति व्यक्त गरिएको हाम्रो हार्दिक आभार र सम्मानको प्रतीक हो । हामी उहाँहरूको निरन्तर मिहिनेत, धैर्यता र जिम्मेवारीबोधप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौं । नेपालभरि हजारौं यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै शहरलाई चलायमान राख्ने वास्तविक नायकहरू हाम्रा चालक साझेदारहरू नै हुनुहुन्छ।”
उहाँले थप भन्नुभयो, “हामी दृढ विश्वास गर्छौं, जब हामी हाम्राड्राइभर पार्टनर्सहरूलाई सशक्त, सुरक्षित र समर्थ बनाउँछौं, तब सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझ बलियो, समावेशी र दिगो बन्छ । यही सोचका साथ यो पहल अघि बढाइएको हो, जसले चालक साझेदारहरूको योगदानको वास्तविक मूल्यांकन मात्र होइन, उनीहरूको समर्पणलाई सार्वजनिक रूपमा सम्मान गर्ने उद्देश्य पनि राख्छ । नेपालभरि इनड्राइभको विस्तार, विश्वसनीयता र सकारात्मक छविमा उहाँहरूको भूमिका अपरिहार्य रहेको छ । हामीले वाचा गरेअनुसार अझ ठूलो र प्रभावकारी अभियानसहित पुनः उपस्थित हुन पाउँदा उत्साहित छौं । यस पटक हामी तपाईंहरूको अथक प्रयास, निरन्तर सक्रियता र दैनिक योगदानलाई सम्मान गर्न विशेष ‘मेगा गिभअवे’ अभियान प्रस्तुत गर्दैछौं । यो केवल पुरस्कार वितरण कार्यक्रम होइन, तपाईंहरूले जिम्मेवारीपूर्वक पूरा गर्नुभएको अनगिन्ती यात्राहरूको उत्सव हो ।

हाम्रा सबै चालक साझेदारहरूलाई आग्रह छ, प्लेटफर्ममा सक्रिय रहनुहोस्, उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहनुहोस्, र इनड्राइभ समुदायलाई अझ सशक्त बनाउन आफ्नो योगदान जारी राख्नुहोस् । तपाईंहरूको यही समर्पणको कदरस्वरूप हामीले ल्याएको रोमाञ्चक मेगा गिफ्ट ह्याम्पर जित्ने यो सुनौलो अवसरको पूर्ण फाइदा उठाउनुहोस् । हामी सधैं तपाईंहरूसँग छौं, र आगामी दिनहरूमा अझ धेरै सहयोगमूलक तथा लाभदायक कार्यक्रमहरू ल्याउँदै जानेछौं।”