ईकोनोमिक खबर, काठमाडौँ।
नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्डहरु भए जुन किताबका पानामा र ईतिहासमा मात्रै लेखिन्छन। तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै होला सबैजनमा ज्यादै मनछुने अविस्मरणिय र रहस्यमय घटनाका रुपमा चित्रित छ ।
वि.स.२०५८ जेठ १९ गते राति ९ः३० बजेको आसपासमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो। त्यतिबेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत धेरै मानिसको हत्या भएको थियो।
त्यसबेला सरकारले बनाएको छानविन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले गर्यो र किन, केका लागी गरेको भन्ने विषय अहिले सम्म पनि आउन सकेको छैन ।
कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै हो । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो। तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन।