“पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन”


“पुस्तक सहित कि पुस्तक रहित” अ.पे.न. महानगरले पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तनको बिषयमा प्यानल छलफल सम्पन्न गरेको छ । छलफल ई.सी.डी. एक्सपर्ट डा. मीनाक्षी दाहाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक सहसचिब श्री शालिकराम भुसाल प्यानल सदस्यका साथमा भिभा व्याङ्क्वेट, टेकुमा कार्यक्रम आयोजना
गरी असार ८ गते सम्पन्न भएको थियो । 

किताब हँदा के के फाईदा हुन्छ र नहँुदा के के फाईदा हुन्छ , किताब रहित अन्य के के उपाय अपनाउन सकिन्छ, अभिभावकलाई कसरी सम्झाउने र शिक्षकलाई कसरी प्रशिक्षण गर्ने र कसरी दक्ष बनाउने उद्देश्यको साथ कार्यक्रम गरिएको थियो । प्यानलमा सरकारले पूर्व प्राथमिक शिक्षामा किताब आवश्यक हुँदैन भनेर किताब बन्द भयो तर त्यसको विकल्पमा के हुन्छ , शिक्षकलाई ट्रेन गर्न के कस्ता कार्यक्रमहरु
ल्याएको छ र निति नियम कस्ता हुन्छन् ? जस्ता प्रश्न प्यानल सदस्यहरुलाई गरिएको थियो।

जसमा प्यानल सदस्यहरुले चौतर्फी विकासको सिकाई कसरी हुन्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण रहेको बताउनु भयो । त्यस्तै, आफ्नो भाषामा आफूलाई सहज हुने गरी व्यक्त गर्न पाउनुका साथै उद्देश्य सहितको सामाग्री हुनुपर्ने कुराको अबगत समेत गराउनु भएको थियो । जसमा शिक्षा क्षेत्रमा तनाब भन्दा पनि आधारभूत सिप, पढ्ने लेख्ने क्षमता, अवलोकन क्षमता, विशिष्ट क्षमता, भावनात्मक शिक्षा जान्न सामाजिक भावनात्मक क्षमताहरुको आवश्यक रहेको समेत बताउनु भयो । 
आफू अरु भन्दा कमजोर छु भन्ने महशुस गर्ने वातावरणको विकास गराउन नहुने बताउनु भयो।