नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। आज सनु अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १० रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सनु तोलाको सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदी तोलाको १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ रहेको थियो।