जापान रोजगारीका लागि ‘फरडेज नेपाल’ ले ल्यायो प्रभावकारी तालिम कार्यक्रम:


जापान रोजगारीका लागि ‘फरडेज नेपाल’ ले ल्यायो प्रभावकारी तालिम कार्यक्रम: नेपाली कामदारलाई सीपयुक्त, दक्ष र सुसज्जित बनाउँदै रोजगारीतर्फ अग्रसर

काठमाडौं। फरडेज नेपाल प्रा. लि., नेपाल सरकारले कम्पनी ऐन, २०६३ को दफा ५ (१) बमोजिम दर्ता भई स्थापना भएको कम्पनीले जापानमा रोजगारीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। यस कम्पनीले जापानमा काम गर्न चाहने नेपाली युवाहरूलाई नेपालमै नै field-based तालिम प्रदान गरी सक्षम बनाउने पहिलो लक्ष्य राखेको जनाएको छ।

कम्पनीका अनुसार यो संस्था TITP (Technical Intern Training Program)SSW (Specified Skilled Worker) कार्यक्रम अन्तर्गत खानपान सेवा (Food Service), फाइन डाइनिंग (Fine Dining) तथा जेष्ठ नागरिक स्याहार (Care Giver) जस्ता तीन महत्वपूर्ण क्षेत्रमा तालिम प्रदान गर्नेछ। तालिम 130 घण्टाको हुनेछ र हरेक क्षेत्रमा वार्षिक ३०० जनालाई (कुल ९००) तालिम प्रदान गर्ने लक्ष्य रहेको छ।

यस तालिमको प्रमुख उद्धेश्य जापानमा रोजगारीका लागि जाने कामदारहरूलाई भाषा, पेशागत कौशल, व्यवहारिक ज्ञान, जीवनशैली तथा कार्यस्थलको नियम-कायदाबारे अवगत गराउनु हो जसले गर्दा जापान पुग्ने बित्तिकै कामदारहरूलाई पुनः तालिम लिनुपर्ने आवश्यकता नपरोस् र उनीहरू सहज रूपमा काम सुरु गर्न सकून्। जापानबाटै आएकाहरूले पढाउने शिक्षक तथा प्रशिक्षकहरूले तालिमलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।

जापानका भाषा स्कुलहरूबाट N4 तहको भाषा अध्ययन पारदर्शी भए तापनि, त्यस्ता विद्यार्थीहरूले ठूलो लगानी गर्नु पर्ने अवस्था रहँदा पनि रोजगारी सम्बन्धी व्यवहारिक अभ्यास र तयारीको अभावका कारण समस्याका सामना गर्नुपर्दै आएको छ, जसले गर्दा कतिपय नेपालीहरूले मानसिक तनाव र कठिनाइ पनि भोग्नुपरेको छ।

फरडेज नेपालका प्रतिनिधिहरूले भनेका छन्, “जापान जाने युवाहरू अध्ययनभन्दा पनि रोजगारीका लागि जाने उद्देश्य राख्छन्, र यदि नेपाली युवाहरूले भाषा, दक्षता र सीप राम्रोसँग हासिल गरेमा उनीहरूको काम सहज हुने साथै लागत पनि सस्तो पर्छ।”

त्यस्तै, जापानी भाषा परीक्षा र अन्तर्वार्ता सफल भई COE (Certificate of Eligibility) प्राप्त गरेका विधार्थीहरूलाई तालिमका खर्च काममा जाने तर्फ छनौट गरेको कम्पनीले नै व्यहोर्ने व्यवस्था गरिएको छ, जसले इच्छुक युवाहरूलाई राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारले पनि हालै जापानतर्फ श्रमिक पठाउने प्रक्रिया र मार्गदर्शनलाई सहज तथा पारदर्शी बनाउने प्रयास गरिरहेको छ जसले जापान रोजगारीतर्फ जाने मार्गलाई थप खुला र व्यवस्थित बनाएको छ।