काठमाडौं। सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो।
यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई ल्ऋज्ी नेटवर्क मार्फत् नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झट रहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ।
सानिमा बैंकका देशका सातै प्रदेशमा एक सय ३३ स्थानमा कार्यालयहरु तथा एक सय २४ ओटा ए.टि.एम. सञ्जाल रहेका छन्।