काठमाडौँ। लोकसेवा तयारी र सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था डि.आई.टी. सोलुसन (DIT Solution Pvt. Ltd.) ले यस वर्षको लोकसेवा नतिजामा अभूतपूर्व सफलता हासिल गरेको छ। हालै सार्वजनिक भएको नेपाल विविध सेवा अन्तर्गत कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदको नतिजामा ७० प्रतिशतभन्दा बढी स्थानमा यसै संस्थाका विद्यार्थीहरू सफल भई नयाँ इतिहास रच्न सफल भएका छन्।
सन् २०१४ देखि सूचना प्रविधि र लोकसेवा तयारीमा सक्रिय यस संस्थाले आफ्नो “Result-Oriented” शिक्षण प्रणालीका कारण यो सफलता प्राप्त गरेको हो। संस्थाका संस्थापक तथा CEO सुदीप घिमिरे भन्नुहुन्छ, “हाम्रो मुख्य उद्देश्य भनेकै विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई व्यावहारिक र प्रयोगात्मक रूपमा दक्ष बनाउनु हो। ७०% सफलता हाम्रो मेहेनत र विद्यार्थीहरूको विश्वासको प्रतिफल हो।”
डि.आई.टी. सोलुसनले लोकसेवाका अतिरिक्त वेब डेभलपमेन्ट, साइबर सेक्युरिटी, र AI जस्ता आधुनिक IT कोर्षहरू पनि प्रदान गर्दै आएको छ। सरकारी सेवामा प्रवेश गर्न चाहने र दक्ष प्राविधिक जनशक्ति बन्न चाहने नेपाली विद्यार्थीहरूका लागि यो संस्था एक प्रमुख केन्द्र बनेको छ।
थप जानकारीका लागि: डि.आई.टी. सोलुसन प्रा. लि., बागबजार, काठमाडौँ, वेबसाइट:
www.ditsolution.com.np