काठमाडौं। नेपालका माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भारतद्वारा
निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप नेपाललाई उपहारस्वरुप प्रदान गरियो ।
मिति २०८२ माघ १५ गते काठमाडौँस्थित अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा कार्यवाहक
राजदूत डा. राकेश पाण्डेले औपचारिक रुपमा दुई सय पचास भन्दा बढी सवारी साधनहरु नेपाल
सरकारलाई हस्तान्तरण गर्नुभयो।
यी सामग्रीहरु आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेबमोजिमको सहयोगको एक हिस्सा हुन्।
कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल र भारतबीचको लामो समयदेखिको सहकार्य र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्नुभयो ।
यो सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद व्यक्त गर्दै वहाँलेआगामी निर्वाचनकोतयारीमा यी सामग्रीहरुको महत्वको कदर समेत गर्नुभयो।
भारत सरकारद्वारा प्रदान गरिएको यस्तो निर्वाचन सम्बन्धी सहयोगको पहिलो खेप यसअघि माघ ६ गते नेपाललाई हस्तान्तरण गरिएको थियो । आगामी हप्ताहरुमा थप सामग्रीहरु विभिन्न ब्याचमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।
भारतीय पक्षबाट भइरहेको यो सहकार्य र समर्थन दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीक पनि हो।