काठमाडौं। वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो।
सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले ६ महिनाको अवधिमा आफ्नो नाफा ४६.७१ प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड रुपैयाँ पुराएको हो।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बमा रहेको ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रहेको थियो।
यता, कुमारी बैंकको नाफा उछाल आएको छ । बैैंकको नाफा ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष सो अवधिमा भने बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा सीमित रहेको थियो।
दोस्रो त्रैमाससम्मको अवधिमा क्रमशः एभरेष्ट बैेंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड, एनएमबि बैंकको १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।
पुष मसान्तसम्मको अवधिमा सानिमा बैैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्टान्र्डड चार्टड बैंकको १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, हिमालयन बैंकको १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकको १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, प्रभु बैंकको २४ प्रतिशतले घटेर १ अर्ब १ करोड र माछापुच्छ्रे बैंकको २५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको हो।
साथै, कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ।
यता, लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । ६ महिनाको अवधिमा बैंकको नाफा २७ करोड ३६ लाख रुपैयाँ रहेको हो।