तिनकुने। सिन्धुपाल्चोक जिल्ला प्रचार–प्रसार समितिको आयोजनामा काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा उम्मेदवार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का उम्मेदवार जंग बहादुर लामा सहभागी हुनुभएको थियो।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्लाका माननीय काे रुपमा चुनावमा समेत रहनुभएका लामाले “बदलौँ कांग्रेस, बदल्छाै देश” भन्ने नारासहित शुभकामना मन्तव्य दिनुभयो। उहाँले कांग्रेस सुदृढ भए मात्र देशमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले सिन्धुपाल्चोकमा युवाको प्रतिनिधिका रूपमा उम्मेदवार रहेको उल्लेख गर्दै उहाँलाई जिताउनु अहिलेको आवश्यकता भएको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा जिल्ला सभापति दुर्गा बहादुर लामाले सबै युवाको साथ र सहयोगमा उम्मेदवारलाई जिताएर देखाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीभित्र एकता कायम रहे विजय सुनिश्चित हुने धारणा राख्नुभयो।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।