सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यलेआज माघ १२ गते पदभार ग्रहण गर्नुभएको छ ।
सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु-याउँदैआउनुभएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको ःल्क्ष्त्, व्बष्उगच मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गर्नुभएको छ ।
साथै, शैक्षिक उपलब्धिहरु मध्ये एस.एल.सी परीक्षामा आदर्श विद्यामन्दिर हाईस्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गर्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उहाँ बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो। सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उहाँले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गर्नुभएको छ।
उहाँको प्रमुख कार्यक्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन्। उहाँ सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनिअध्यक्षका रुपमा कार्यरत हुनुहुन्थ्यो । बैंकिङ्ग क्षेत्रबाहेक उहाँ सँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उहाँले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गर्नु भएको थियो।
प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उहाँको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।