आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिइनु पर्ने कुरा सिडिक्यानका अध्यक्ष अमर कुँवरले बताए ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए । उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए ।
अन्त्यमा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक एवं कार्यक्रमका सभापति डा बालक चौधरीले सरोकारवाला सबैलाई धन्यवाद दिंदै बोर्ड जहिले पनि दुग्ध क्षेत्रको विकास र प्रबर्द्धनमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा उपस्थित करिब एक हजार जनालाई दूध तथा दुग्ध पदार्थ बितरण गरिएको थियो ।