काठमाडौं । कम्पनीले मुनाफामा सहभागी हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरूका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा समान रु. ५५ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमा (१), जीवन सुरक्षा (५), बच्चाको शिक्षा तथा विवाह (३), बाल समूह (६), सामूहिक सावधिक जीवन बीमा (जी) र राष्ट्रसेवक सावधिक जीवन बीमा (आरएसके) ० देखि ९ वर्षको अवधिदेखि ३० वा सोभन्दा माथि अवधिका लागि सबै योजनामा समान प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७३।७४ देखि २०७५।७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएपछि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किमिसका बीमालेख अन्तर्गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनसदर निर्धारण गरिएको हो।
कम्पनीले निम्न जीवन बीमा योजनाहरू अन्तर्गत पनि रु. ५५ प्रतिहजार बोनसदर निर्धारण गरेको उल्लेख छ:
-
सावधिक जीवन बीमा
-
जीवन सुरक्षा
-
बच्चाको शिक्षा तथा विवाह
-
बाल समूह
-
सामूहिक सावधिक जीवन बीमा
-
राष्ट्रसेवक सावधिक जीवन बीमा
-
अग्रिम भुक्तानी सावधिक बीमा
-
युक्त जीवन योजना, जीवन सिन्धु र पात्सल्य (सबै अवधिहरूमा समान बोनस) ।
जीवन सिन्धु तथा राष्ट्रसेवक बीमालेखका लागि आर्थिक वर्ष २०८०/८१ सम्म प्रतिहजार रु. ६५ र २०८१/८२ मा रु. ६० बोनसदर थिए ।
कम्पनीले आगामी बीमांक मूल्यांकन नभएसम्मको लागि यो बोनसदर अन्तरिम रूपमा कायम रहने जनाएको छ ।